दिल्ली हिंसा : २७ भन्दा बढीको मृत्यु, दर्जनौँ घाइते

दिल्ली – भारतमा राजधानी नयाँदिल्लीमा नागरिकतासम्बन्धी विवादास्पद कानुनका विरोधी र समर्थकबीच भड्किएको हिंसामा  मृत्यु हुनेको संख्या २७पुगेको छ ।

हिंसामा कम्तीमा दुई सयजना घाइते भएका छन् । पूर्वीत्तर दिल्लीमा मुसलमान बाहुल्य क्षेत्रमा आइतबारदेखि सुरु भएको हिंसात्मक प्रदर्शन बुधबार बिहान पनि केही स्थानमा जारी थियो । हिंसाले सोमबार र मंगलबार निकै डरलाग्दो रूप लिएको थियो । हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले पूर्वीत्तर दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए ।

हिंसाका कारण पूर्वीत्तर दिल्लीका अधिकांश विद्यालय बन्द छन् भने ठाउँ–ठाउँमा कर्फ्यु आदेश जारी गरिएको छ । हिंसाबाट चाँदबाग, जाफरबाद, भजनपुरा, यमुनाबिहार, लगायतका क्षेत्र बढी प्रभावित छन् । कंग्रेस नेतृ सोनिया गान्धीले दिल्ली हिंसाको जिम्मा गृहमन्त्री अमित साहले लिनुपर्ने बताउँदै उनको राजीनामा माग गरेकी छिन् । हिंसा प्रभावित केही क्षेत्रमा बुधबार कंग्रेस नेता कार्यकर्ताले शान्तिर्‍याली निकालेका छन् । दिल्लीको पछिल्लो हिंसाले सन् २००२ को गुजरात दंगालाई सम्झाएको भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का नेता सीताराम यचुरीले टिप्पणी गरेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *