सचिवालय बैठकमा वामदेवको आक्रोश : कि पार्टीबाट निकाल्नुस्, कि खेल बन्द गर्नुस्

काठमाडौं – संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय असफल भएपछि नेपाल कम्युनिस्ट पार्टी बुधबार सचिवालय बैठक बसेको छ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नौ जना नेता उपस्थितमा बसेको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष प्रचण्डले गौतमलाई राष्ट्रियसभा लैजानुपर्ने बताउँदै ‘संविधान संशोधन कार्यदल बनाउने समझदारी बाहिर गएर राम्रो प्रभाव नपरेको बताए।’ बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले ‘बामदेवलाई राष्ट्रियसभामा लैजाने तर संविधान संशोधनलाई शर्त नबनाउने’ उपाय सुझाउँदै कार्यदललाई के गर्ने निर्णय गर्न माग गरे ।त्यसपछि झलनाथ खनाल लगायत अरु नेताले पनि गौतमलाई राष्ट्रियसभामा लैजानुपर्नेमा जोड दिए ।

त्यसपछि गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने निर्णय भइसकेकाले मान्ने बताउँदै कार्यदललाई यताउता गरेपनि संविधान संशोधन गर्नुपर्ने धारणा राखे । उनले हरेक पटक आफ्नो विषय आउनासाथ पार्टीमा विवाद हुने गरेको भन्दै नेतृत्वलाई सोधे, ‘सँधै मेरो विरुद्ध खेल किन ? कि मलाई पार्टीबाट निकाल्नुस्, होइन भने खेल बन्द गर्नुस् ।’

स्रोतका अनुसार संविधान संशोधन गर्दा राष्ट्रपतिको अधिकार थप्ने र राष्ट्रियसभामा मनोनित सदस्य संख्या तीनबाट बढाएर ९ जना बनाउने प्रस्ताव प्रधानमन्त्री ओलीको थियो । राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउनुपर्ने बामदेवको शर्त भएकाले संविधान संशोधन कार्यदल गठन भयो । तर, नेकपाभित्र र बाहिरबाट त्यसको चर्को आलोचना भयो । कार्यदलमा राखिएका नेताहरु नै विपक्षमा उभिए ।

बुधबारको सचिवालय बैठकले संविधान संशोधनका लागि बनेको कार्यदल भंग गरेको छ । योसँगै राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने र राष्ट्रिपतिलाई थप अधिकार दिने गरी संविधान संशोधन गर्ने नेकपाको तयारी तत्कालका लागि रोकिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *