‘माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन !’

                                                     -सिदार्थ गौतम

उनी मेरी फुपुकी छोरी बहिनी,

गत फागुन ४ गते रुखबाट लडेर गम्भीर घाइते भएकी शानपा–८ सल्यानकी २१ वर्षीय कल्पना आचार्यको उपचार काठमाडौँमा मात्र सम्भव भएको र  उनलाई हेलिकप्टरबाट मात्र उद्धार गर्न सकिने सल्यान अस्पतालका डाक्टरहरुले सिफारिस गरे । एम्बुलेन्सबाट उद्धार गर्दा बाटोमै मृत्यु हुन सक्ने डाक्टरहरुको भनाइ थियो ।

यो परिस्थितिको सृजना पछि शानपा प्रमुख, प्रदेशका मन्त्री, प्रदेश सभासद, प्रमुख जिल्ला अधिकारी, केही सामाजिक कार्यकर्ता लगाएतले हेलिकप्टरबाट उद्धारको प्रयास गरे ।

प्रयासस्वरुप सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले उद्धार खर्च ब्यहोर्ने सहमती भयो । कागजको ओहोर दोहोर र कागजले काठमाडौँ, सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बिरामी रुखबाट लडेको करिव ९ घण्टा बितिसकेको थियो ।

कागजी प्रकृया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समयपछि मन्त्रालयले भनिदियो, ‘अहिले हेलिकप्टर उडाउन सकिँदैन ।’

हेलिकप्टरबाट छोरीको उद्धार गरि छोरीलाई निको बनाउने अभिलाशा राखेका घाइतेका बा, आमा, नातागोता मन्त्रालयको यो जवाफले निराश भए र रुख बाट लडेको करिव १८ घण्टा पछि राति कल्पनाको दुःखद निधन भयो ।

बिडम्बना !

सबैले चाहदाचाहदै, बच्ने सम्भावना रहँदारहँदै पनि राज्यले एउटा नागरिक बचाउन सकेन । राज्यका अङ्गहरु परिचालित हुँदाहुँदै पनि एउटा मिसन पुरा हुनसकेन ।

तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्यारालाइज्ड देखिन्छ ? यी कागजी प्रकृया र भनसुनबाहेक नागरिकले तत्काल सेवा पाउने अर्को संयन्त्र तयार गर्नुपर्ने हो कि ? राज्य संयन्त्र निर्देसित मात्र देखियो, यसलाइ उत्तरदायी र मानवीय बनाउन ढिलो हुँदै छ कि ? तिमी यस्तो देश मा जन्म लिएकी थियौ जहाँ केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।

हार्दिक श्रद्धाञ्जली बहिनी ।

तिम्रो आत्माले शान्ति पाओस् ।

उनि मेरि फुपु कि छोरि बहिनि😞 गत फाल्गुन ४ गते रुख बाट लडेर गम्भीर घाइते भएकी शानपा ८ सल्यान कि २१ बर्षिय कल्पना…

Posted by Siddhartha Gautam on Tuesday, February 25, 2020

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *