गच्छदारलाई मुद्दा लगाइएको विरोधमा काङ्ग्रेसद्वारा दोस्रो दिन पनि संसद अवरुद्ध

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ ।

शुक्रबार संसदको विशेष समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोग  सरकारको छायाँ बनेको आरोप लगाए । आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको उनको दाबी छ ।

सरकारको नियोजित कार्यक्रमभित्र कांग्रेसका मान्छे थुन्ने काम त भएको होइन भन्ने आशंका लागेको उनले बताए । उनले अघि भने, ‘एउटा निर्दोषलाई पक्रिएर सारा दोषीलाई उन्मुक्ति दिन खोजियो ।’

लगत्तै कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर संसदमा अवरोध गरेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *