परनिर्भरताको सकसः एक किलो लसुनको मुल्य ५६० रुपैयाँ

काठमाडौ – पुस अन्तिम सातासम्म काठमाडौंमा सुकेको लसुनको प्रतिकिलो थोक मूल्य २२० रुपैयाँ हाराहारी रहेकोमा माघ तेस्रो साता ५६० रुपैयाँ पुगेको छ । तीन सातामा लसुनको मूल्य १५० प्रतिशतभन्दा धेरै बढेको छ ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडाले चिनीयाँ नाका खुल्ला रहेको बेला भित्रिएको लसुनको स्टक सकिएको बताए । नेपाली लसुन चैतमा मात्र बजारमा आउँछ, त्यसअघि समुन्द्री मार्गबाट लसुन भित्र्याउन सम्भव नरहेको खतिवडाले बताए ।

नेपाल-चीन आयात-निर्यातको मूख्य नाका रसुवागढी गत बुधबारबाट १५ दिनका लागि बन्द भएको छ । कोरोना भाईरसको संक्रमण फैलन नदिन दुवै देशको आपसी समझदारीमा नाका बन्द गरीएको हो । रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले यो नाकाबाट सबै प्रकारको आवत-जावत रोकिएको बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *