नेपाल–चाइना सबै उडान बन्द

काठमाडौं – कारोना भाइसका कारण नेपाल–चाइना हवाई उडान प्रभावित हुने भएको छ । केहि दिनयता चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि सतर्कताका लागि भन्दै एयरलाइन्स कम्पनीहरुले अन्तरदेशीय उडान स्थगित गर्न लागेका हुन् ।

नेपाल–चीन दैनिक उडान भर्दै आएका हिमालयन एयरलाइन्ससहित चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गरिसकेका छन् । भने, ‘दुई कम्पनीहरुले पनि आफ्नो उडान केहि समयको लागि स्थगित गर्ने जनाइसकेका छन् ।’

चीनबाट नेपाल दैनिक उडान भर्दै आएका एयर चाइना, टिवेटियन एयर, सिचुवान एयर र तिब्बत एयरलाइन्सले आफ्नो उडान बन्द गरिसकेका छन् भने, ‘चाइना साउदन एयरले बिहानको उडान बन्द गरिसकेको र बेलुकाको उडान मात्र अहिले जारी राखेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले  जानकारी दिए ।

क्षेत्रीकाअनुसार केहिले हिजो देखि र केहिले आज र भोलिदेखि उडान स्थगित गर्दै छन् । अस्थाई रुपमा स्थगित गरिएको सबै उडान फ्रेब्रुअरी २८ तारिख सम्मका रहने क्षेत्रीले जानकारी दिए । हाल हिमालयन एयर लाइन्ससहित ६ वटा एयरलाइन्सहरुले नेपाल–चाइना उडान भर्दै आइरहेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *