मेरो टार्गेट प्रधानमन्त्रीमा हो राष्ट्रियसभामा होइन : वामदेव गौतम

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभाका सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने बचनबाट अध्यक्ष प्रचण्ड ‘ब्याक’ भएपछि आफू उम्मेदबार नबनेको खुलासा गरेका छन् ।

नेकपा सचिवालय बैठकमा संविधान संशोधनको प्रस्ताव राखेका गौतमले आफ्नो कुरालाई प्रधानमन्त्री केपी ओलीले पहिले नै अश्वीकार गरे पनि प्रचण्ड चाहिँ शुरुमा दिएको आश्वासनबाट अहिले आएर पछि हटेको बताए ।

उनले दुवै अध्यक्ष संविधान संशोधन गर्न तयार नभएपछि आफू राष्ट्रियसभामा जान नचाहेको बताए । तर, गौतमले तत्कालै केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफू बन्न नखोजेको समेत प्रष्ट पारेका छन् ।

ओलीले आफू तीनै वर्ष प्रधानमन्त्री हुने र अब मृगौला पुनः प्रत्यारोपणपछि थप सक्रिय हुने बताएपछि आफू पछि हटेको पनि गौतमले बताए । उनले भने, ‘संविधान संशोधन नै गरेको भए पनि म तत्कालै राष्ट्रियसभामा जाने होइन । भोलि प्रधानमन्त्री बन्नुपर्ने अवस्थामा मात्र जाने भनेको हो । केपी कमरेडलाई हटाएर बन्ने त कुरै होइन ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *