अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुग्यो

काठमाडौ – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रहरीका अनुसार १२ जनाको घटनास्थलमै र उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना बालिका र दुईजना बालक रहेका छन् ।

आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए । इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *