अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो (अपडेट)

सन्धिखर्क – अर्घाखाँचीको सन्धिखर्क–६ सल्लेरीमा बुधबार भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।

सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु२ख २१४८ नम्बरको बस नरपानी बजारनजिकैको घुम्तीमा अपराह्न ४ः१० मा दुर्घटना भएको हो। १७ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए।

मृत्यु हुनेमा बसचालक कपिलवस्तुका ओमबहादुर थापा, सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत, सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मनिका खड्का छन्। यस्तै भूमिकास्थान नगरपालिका–९ का शैलेस थापा र सन्धिखर्क–३ का सीता भाटको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बेल्वासेले बताए। ११ जनाको सनाखत हुन सकेको छैन।

घाइतेलाई प्रादेशिक अस्पताल बुटवल र जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *