अर्घाखाँचीमा बस दुर्घटना, सात जनाको मृत्यु

काठमाडौ – अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक सुरद सुवेदीले जानकारी दिए।

बुधबार दिउँसो करिब २ बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउँदै गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब तीन सय मिटर तल खसेकोले उद्धार कठिनाइ भइरहको प्रहरीले जनाएको छ।

घुम्तीबाट खसेर दुर्घटना भएको प्रहरीले जनायो। बसमा १८ बढी यात्रु सवार रहेको बताइएको छ। के कारणले दुर्घटना भएको अहिले थाहा नभएको प्रहरीले बताएको छ। दुर्घटनामा परेकाको उद्धार भइरहेको प्रहरीले जनाएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *