कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मेलम्ची – कर्तव्य ज्यान मुद्दाका २ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थालङ गाउँपालिका वडा न ५ लामखर घर भएका बम बहादुर स्याङ्बो र मिलन स्याङ्बो रहेका छन् । उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा काठमाडौंको गोकर्णेस्वरबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरु गत असोज ३० गते टाउकोमा खुकुरी प्रहार सोहि ठाउँका २७ वर्षीय विजय लामाको गरी हत्या फरार भएका थिए ।
उनीहरुलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *