‘गो ब्याक इन्डिया’ भन्दै भारतीय दूतावासमा अनेरास्ववियूको धर्ना

काठमाडौं – नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा खारेज गर्नुपर्ने माग गर्दै सत्तारुढ विद्यार्थी संगठनले शुक्रबार नेपालस्थित भारतीय दुतावास घेराउ गरेर धर्ना दिएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुको नेतृत्वमा दुतावासमा धर्ना दिएको हो । विहान ११ बजे लैनचौरस्थित अमृत साइन्स क्याम्पस अगाडी भेला भएका विद्यार्थी नारा जुलुस गर्दै दुतावास पुगेका थिए ।

भारतले हालै जारी गरेको नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नै भूमिमा रहेको जनाएको थियो। उक्त नक्सा सार्वजनिक भएपछि विद्यार्थीहरुले उक्त नक्सा सच्याउन माग गर्दै आन्दोलनमा उत्रेका हुन् । धर्नापछि आयोजित कोण सभालाइ सम्बोधन गर्दै अनेरास्ववियूका अध्यक्ष ऐन महरले नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा तत्काल खारेज गर्नुपर्ने बताए।

नेपाली भूमि समेटेको नक्सा भारतले सार्वजनिक गरेसंगै विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’मा ‘ह्यास ट्याग’ गरेर सामाजिक सञ्जालबाट अभियान समेत सञ्चालन गरेका छन् ।

नक्सा नसच्याए थप आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका छन् । आन्दोलनरत विद्यर्थीले लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, कागजी अतिक्रमण मुर्दावाद, कहिले बुद्ध कहिले सिमा, कसले गर्ने हाम्रो विमा लेखिएको नारा लगाउँदै प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।  २४ गते परराष्ट्रमन्त्री र २५ गते नेपाल स्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई ध्यानाकर्षण पत्र दिने कार्यक्रम रहेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *