काठमाडौंमा पनि वायु प्रदूषणले मापदण्ड नाघ्यो, सचेत रहन चिकित्सकहरुको सुझाव

काठमाडौं – काठमाडौंमा वायु प्रदूषणले मापदण्डको तह पार गरेको छ । राजधानीका विभिन्न स्थानहरुमा वातावरण विभागले गरेको वायु गुणस्तरको निगरानीका क्रममा रत्नपार्क क्षेत्रमा वायुप्रदूषणले तोकेको सीमा पार गरेको देखाएको हो । विभाग अन्तर्गत्को वायु गुणस्तर निगरानी केन्द्रको तथ्यांक अनुसार पार्टिकुलेट म्याटर २.५ भएको हावा खतराको तहमा पुगेको हो ।

विश्व स्वास्थ्य संगठनले विभिन्न स्थानहरुमा हावामा हुने प्रदूषणको मापदण्ड तय गरेको छ । यसमध्ये काठमाडौंमा १० माईक्रोग्राम प्रतिघनमिटरसम्मको अवस्थालाई सामान्य मान्ने गरिन्छ । संगठनको मापदण्ड अनुसार एक नाइट्रोनभन्दा साना धुलाका कण भएको हावालाई पिएम १ भनेर चिनाउने गरिन्छ । पार्टिकुलेट म्याटर २.५ युक्त हावा ४० माईक्रोग्राम प्रतिघनमिटरभन्दा धेरै हुन नहुने गरी संगठनले मापदण्ड तोकेको छ । तर, पछिल्लो २४ घण्टामा काठमाडौंको रत्नपार्कको हावामा पार्टिकुलेट म्याटर २.५ को धुलोका कण ५३ माईक्रोग्राम प्रतिघनमिटर नाघेको छ । यो हिस्सा आइतबार ६० नाघेको वातावरण विभाग अन्तर्गत्को वायु गुणस्तर निगरानी केन्द्रका प्रमुख गोविन्दप्रसाद लामिछानेले जानकारी दिए । पर्टिकुलेट म्याटर २.५ का धुलोका कण सजिलै स्वासको माध्यमबाट फोक्सो हुँदै रक्तनलीसम्म पुग्ने गर्छ ।

सोमबार साँझ ५ बजेसम्म रत्नपार्क बाहेक दाङ, सौराहा र नेपालगञ्जमा समेत प्रदूषणको स्तरले खतरा तह नाघिसकेको छ । केन्द्रका अनुसार तिहारपछि हरेक दिन काठमाडौंको लगायत यी ठाउँमा वायु प्रदूषणले मापदण्ड नाघ्दै आएको छ । तिहारपछि केही ठूला धुलाका कण युक्त वायुको अवस्था मापदण्डभित्रै रहेपनि साना कणका धुलोको मात्रा बढी भएको लामिछानेले जानकारी दिए । गाडीको धुवाँधुलो, सुर्तिजन्य पदार्थ लगायतबाट निस्कने पीएम २.५ भन्दा साना धुलाका कणले रुघा लाग्ने, नाकबाट निरन्तर सिगान बग्ने, सास फेर्नमा समस्या हुने जानकारहरु बताउँछन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *