सिंगापुरविरुद्ध नेपालको नौ विकेटको जित, कप्तान पारसको शतक

काठमाडौं – कप्तान पारस खड्काको विस्फोटक शतककाे मद्दतले नेपालले नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ ।

त्रिकाेणात्मक सिरिज अन्तर्गत घरेलु टोली सिंंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले ४ ओभर बाँकी छदै लक्ष्य पूरा गरेको थियो । ९ रन हुँदा इशान पाण्डे आउट भएपछि क्रिजमा आएका आरिफ शेखले कप्तान पारसलाई गतिलो साथ दिए । पारसले २९ बलमा अर्धशतक बनाएका थिए ।

आक्रामक पारी खेलेका पारसले ९ छक्का र ७ चौका प्रहार गरे । कप्तान खड्का ५२ बलमा १०६ रनमा नट आउट रहे । आरिफ शेखले ३८ बलमा नट आउट ३९ रन बनाए ।

इण्डियन एसोसिएशन मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली सिंगापुरले सिंंगापुरले २० ओभरमा तीन विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।

सिंंगापुरका लागि टिमोथि डेभिडले अविजित ६४ रनको योगदान दिए ।  त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रतथा जनक प्रकाशले अविजित २५ रन मनप्रित सिंंहले १५ रन जोडे ।

बलिङतर्फ करण केसीले दुई तथा सुशन भारीले एक विकेट लिए । यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *