लमजुङमा जनप्रतिनिधि र जिल्ला सचिव सहित दर्जनौँ कार्यकर्ता नेकपा प्रबेश

लमजुङ – लमजुङ जिल्ला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मर्स्याङदी गाउं कमिटिको आयोजनामा गाउंपालिका स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेला मर्स्याङदी गा पा-३ बुध्दबजार गुम्बा परिसरमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि, केन्द्रिय सदस्य गण्डकी प्रदेश कमिटिका सह ईन्चार्ज एबम प्रतिनिधिसभा सदस्य क यशोदा गुरुङ सुबेदी, बिशेष अतिथि केन्द्रीय सदस्य लमजुङ ईन्चार्ज एबम गण्डकी प्रदेशसभा नेकपा संसदिय दलका प्रमुख सचेतक क मायानाथ अधिकारी, अतिथि गण्डकी प्रदेश कमिटिका सदस्य जिल्ला सचिव एबम गण्डकी प्रदेशसभा सदस्य क धनञ्जय दवाडीले बिभिन्न बिषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।

उक्त कार्यक्रममा मर्स्याङदी गा पा-४ ताघृङबाट नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा निर्वाचित जौमाया मिजार, मर्स्याङदी गा पा-२ घनपोखरा निवासी राप्रपा जिल्ला सचिव कुल बहादुर बिक लगायत घनपोखरा, सिउरुङ, बडागाउं, बाहुन्डांडा, भलामचौर, अर्खलेबाट क्रमश प्रतिराम वि क, मन व गुरुङ, मोहन प्र गुरुङ, सुक ब वस्याल, दिल ब वस्याल, लाल ब परियार, शेर ब बि क विनोद गुरुङ, अजय परियार, जितराज गुरुङ, महेश कुमार गुरुङ, ताराजंग गुरुङ, शर्मिला घिमिरे, छवी वि क, प्रतिराम विक रमेश सुनुवार, अनिल वस्याल, होम व वि क, समिर गुरुङ, राजु खत्री, राजकुमार गुरुङ, रवी गुरुङ, तुल व वि क लगायत दर्जनौ युवाहरु नेपाली कांग्रेस र राप्रपा परित्याग गरि नेकपामा प्रबेश गर्नुभएको कार्यक्रममा उपस्थित अनेरास्ववियूका केन्द्रिय नेता कमल खड्काले ग्लोबल खबरलाई बताए ।

आगमी दशै, तिहार शुभकामना आदनप्रदान कार्यक्रममा विभिन्न पालिकामा नेपाली कांग्रेस लगायत अन्य पार्टी संवद्द कर्मचारी यूनियन, युवा‑विघार्थी संगठन लगायत अन्य भातृ संगठनवाट दर्जनौं कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी‑नेकपा मा प्रवेश गर्नेछन, जसमा उनले नवप्रवेशीको लागि जिल्ला नेतृत्वसंग संयोजनकर्ताको भुमिका निभाईरहेको जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *