सिन्धुपाल्चोकको हेलम्बुमा प्रहरी र प्रदर्शनकारीबीच झडप दुइ घाइते

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बुमा गाेली चल्दा दुई जना घाइते भएका छन्।

भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बुको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि गाेली प्रहार भएको हो। घटना हिंसात्मक हुन लागेपछि नियन्त्रणका लागि सुरक्षाकर्मीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको दाबी गरेकाे छ। बिहीबार दिउँसो करिब ३ बजे उक्त घटना भएको हो।

हातमा गाेली लागेका मनाेज चाैधरी र बालमुकुन्द अधिकारीको क्षेत्रीय स्वास्थ्य चाैकी मेलम्चीमा उपचार भइरहेकाे छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *