अझै १५ बर्ष अखडामा हुन्छु : प्रधानमन्त्री ओली

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आइरहेका चर्चाको खण्डन गरेका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा उनले विरोधीले आफूलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौती दिए। आफू अझै १५ वर्ष मैदानमै रहने उनको भनाइ थियो।

‘अचम्म लाग्छ। विरोधीहरु कति कमजोर भएछन् भने। ऊ बाँचोस् तै पनि मुकाबिला गर्छु भन्ने छैन। मलाई यस्ता प्रवृत्तिसंग केही भन्नु छैन। मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु,’ उनले भने, ‘आउँदो चुनाव टफ हुनेछ। मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गर्‍या हुनाले फेरि निराश होलान् पछि भनेर। धेरै निराश नहुन् भनेर। अझै १५ वर्ष अखडामा हुन्छु। त्यसकारण पूजा अर्चना, प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ।’

बैठकमा उनले संविधानले बृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताएका थिए। विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहना पूरा हुन नसकेको उल्लेख गर्दै उनले जिद्दी र अडानलाई छोडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *