“सेन्ट्रल करिअर फेस्ट २०१९” भब्य रूपमा सम्पन्न

काठमाडौ – सिनामंगलस्थित सेन्ट्रल कलेजमा सेन्ट्रल करिअर फेस्ट २०१९ भब्य रूपमा सम्पन्न भएको छ ।

शनिबार सेन्ट्रल कलेजकै बिबिए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा आयोजित कार्यक्रमको फाउण्डर गोपालकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा विभिन्न परामर्श केन्द्रहरु, ट्राभल एजेन्सीहरुका साथै एचआर कम्पनीहरू र बैंककिङ्ग संस्थाहरुको सहभागिता रहेको कार्यक्रम संयोजक काब्याश्री प्रधानले ग्लोबल खबरलाई बताउनुभयो ।

कार्यक्रममा १० भन्दा बढी कलेज तथा संघ संस्थाहरुको स्टल रहेको थियो जस अन्तर्गत खाद्य पदार्थ, पेय पदार्थको स्टलहरुको प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न ब्याण्ड तथा कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । साथै विभिन्न खेलकुद कार्यक्रम समेत आयोजना गरिएको थियो ।

विद्यार्थीहरुलाई भविष्यको लागी उचित योजना बनाउन सिकाउने उदेश्यले आयोजित कार्यक्रमले शैक्षिक, प्रयोगात्मक स्वास्थ्य र रोजगारी , HR व्यवस्थापन सम्बन्धि सल्लाह सँगै व्यवस्थापन सम्बन्धि सिप र दक्षता अभिवृद्धि, साथै +2, स्नातकका साथै अन्य तहमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई आफ्नो ज्ञान , सीपको वृद्धि गर्न तथा रोजगारीको स्थानको बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गरेको कलेजका सह-प्राचार्य गणेश बुढाथोकीले बताउनुभयो ।

शैक्षिक गुणस्तर सँगै विद्यार्थीहरुलाइ सफल नागरिक बनाउनका लागि ब्यबहारिक ज्ञान र असल मार्गदर्शन प्रदान गर्न यस्ता खाले कार्यक्रमहरुले महत्त्वपूर्ण भुमिका पुर्याउने कलेजका प्रबन्धक निर्देशक तथा प्राचार्य पारस श्रेष्ठले बताउनुभयो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *