शिक्षामन्त्रीज्यू हाम्रो सर्टिफिकेट कहाँ बुझाउँ ?

काठमाडौ – माइक्रोबायोलोजी अध्धयन गरेर हालसम्म नेपाल स्वास्थ व्यवसायी परिषद द्वारा स्वास्थ क्षेत्रमा योगदान गर्न प्रदान गरिने अनुमतिपत्र प्राप्त गर्न वन्चित मेडिकल र पब्लिक हेल्थ माइक्रोबायोलोजिका विद्यार्थीहरुले आज पनि त्रि चन्द्र क्याम्पस घण्टाघरमा १ घन्टा बिरोध प्रदर्सन गरेका छ।

देशमा नयाँ सरकार बनेको र नेपाल स्वास्थ व्यवसायी परिषदको नेतृत्व समेत फेरिएको अहिलेको परिस्थितिमा हामीले भेटघाट, समन्वय मार्फत समस्या समाधानको अनवरत प्रयास गर्यौं । तर नेपाल स्वास्थ व्यवसायी परिषदले अन्तिम पटक मागेको एक महिना समयसिमा सकिँदा समेत समस्या समाधानका लागि कुनै प्रक्रिया अगाडी नबढाए पछि आन्दोलनको अर्को विकल्प नरहेकोले बाध्य भएर आन्दोलनमा गएको माइक्रोबायोलोजी संघर्ष समितिका अध्यक्ष सन्जिब धितालले बताउनुभयो । त्रिभुवन विस्वबिद्यालय अन्तर्गत आइओएम र आइओएसटी मा पढाई हुने मेडिकल र पब्लिक माइक्रोबायोलोजी बीचमा विभेद रहेको छ जहाँ आइओएम ले मात्र नेपाल स्वास्थ व्यवसायी परिषद बाट दर्ता पाउने गरेका छन तर आइओएसटी ले दर्ता पाउने गरेको छैन। यदि यस्तो परिस्थिती कायम रहे हामीले प्राप्त गरेको सर्टिफिकेट प्रधानमन्त्री र शिक्षामन्त्रीलाई बुझाउन वाध्य हुने र बेरोजगार उत्पादन गर्ने त्रि बि आइओएसटी अन्तर्गत माइक्रोबायोलोजी खारेज गर्नु पर्ने धितालले बताउनुभयो ।
त्रि वि स्नाकोत्तर मेडिकल माइक्रोबायोलोजीसँग समकक्षता लिएर भारत र अन्य मुलुकबाट अध्ययन गरेर आएकालाई भने लाइसेन्स दर्ता दिइएको धितालले जानकारी दिनुभयो । एनएचपिसीले केहि माइक्रोबायोलोजिका विद्यार्थीलाई अस्थाई दर्ता जारी गरेको तर स्थाइ र सम्पुर्ण प्रक्रिया रोकेर राखेको अवस्था छ।

हामी आफ्नै देशमा बसेर आफुसंग भएको ज्ञान र क्षमताले देशको सेवा गर्न चाहन्छौं। माइक्रोबायोलोजी बिषयको समस्या समाधानको लागि बिगत लामो समयदेखि संघर्ष समिति नै बनाएर विद्यार्थीहरुले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् । २०७१ सालको आन्दोलन देखि नै आफुहरुले उच्चतम लचकता अपनाउँदै आइरहेको तर सरोकारवाला पक्षले विभिन्न बहाना बनाई लाइसेन्स प्रक्रियाबाट रोक्ने काम भएकाले आन्दोलनमा उत्रनु परेको आन्दोलनरत विद्यार्थीहरुले बताउँछन् । दुइ बर्ष अगाडी गठन भएको कार्यदलबाट आफुहरुले समस्या समाधान हुनेमा ठुलो आशा गरेको तर सरोकारवाला निकायमा रहेका स्वार्थि झुण्ड र त्रि वि शिक्षण अस्पतालबाट नेपाल स्वास्थ व्यवसायी परिषद मा सहभागी हुने प्रतिनिधिको पुर्वाग्रह र नेतृत्वको नालायकीपन ले गर्दा त्यो प्रक्रियाले पुर्णता पाउन नसकेको आन्दोलनरत विद्यार्थीहरुको आरोप छ. ।

यस्ता छन् आन्दोलनको मागहरू
१ नेपाल स्वास्थ्य व्यावसायी परिषद NHPC बाट त्रिवि बाट एम एस्सी मेडिकल माइक्रोबायोलोजी अध्ययन गरेका जनशक्तिहरुलाई नि:शर्त लाइसेन्स प्रदान गरिनु पर्ने ।

२ नेपाल स्वास्थ व्यवसायी परिषद ले बिना लाईसेन्स् स्वास्थ्य बिज्ञानका बिषयहरुमा (HA , ANM , Pharmacy, Dental , CMLT BMLT जस्ता बिषय
पढाउन समेत नपाईने ब्यवस्था गरेकोमा MSc Microbiology उतिर्णहरुलाई बिना रोकतोक माइक्रोबयोलोजि बिषय
पठनपाठन हुने जुनसुकै शिक्षण संस्थाका जुनसुकै तहमा माइक्रोबयोलोजि बिषय अध्यापन गर्न दीनु पर्ने ।

३ जटील सल्यक्रिया सेवा उपलब्ध भएको तथा सघन उपचार कक्ष भएको हरेक निजि तथा सरकारी अस्पतालमा हरुमा अनिवार्य माइक्रोबायोलोजी ल्याब हुनु पर्ने र उक्त ल्याबमा माइक्रोबायोलोजिस्ट को ब्यबस्था गरिनु पर्ने ।

४ जनस्वास्थ्यसंग संबन्धित संघ संस्था ( नेपाल खानेपानि संस्थान, कृषि अनुशन्धान परिषद, खाध्य तथा गुण नियन्त्रण कार्यालय, औषधि ब्यबस्था बिभागहरुमा माइक्रोवायोलोजीको छुट्टै दरबन्दि सिर्जना गरि लोकसेवा आयोग मार्फत बिज्ञापन खुलाउनु पर्ने ।

५ विविध खाद्य एवंम पेयपदार्थ उत्पादन गर्ने उद्योगधन्दा एवंम गुणस्तर मापन बिभागहरुमा अनिवार्य माइक्रोवायोलोजिस्ट राखि जनस्वास्थ्य माथिको खेलबाड रोक्न पहल गनुपर्ने ।

६ माइक्रोवायोलोजीको बृहत अध्ययन तथा अनुसन्धानका लागि अबिलम्ब एक राष्ट्रिय माइक्रोवायोलोजी अनुसन्धान
केन्द्र स्थापना गर्ने प्रक्रिया सुरु गर्नु पर्ने ।

७ उच्च माद्यामिक शिक्षा परिषद तथा माद्यामिक तह (९,१०,११,१२) को पाठ्यक्रममा छुट्टै माईक्रोवायोलोजी विषय अनिवार्य समावेस गरि माइक्रोवायोलोजी स्नातक तथा स्नाकोतर उतिर्णबाट नै अध्यापनको ब्यवस्था गरिनुपर्ने ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *