सेन्ट्ररल कलेजमा साउन ३२ गते सेन्ट्ररल करिअर फेस्ट २०१९ हुँदै

काठमाडौ – सिनामंगलस्थित सेन्ट्रल कलेजमा सेन्ट्ररल करिअर फेस्ट २०१९ हुने भएको छ ।

साउन ३२ गते सेन्ट्ररल कलेजकै बिबिए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा हुने कार्यक्रममा विभिन्न परामर्श केन्द्रहरु, ट्राभल एजेन्सीहरुका साथै एचआर कम्पनीहरू र बैंककिङ्ग संस्थाहरुको सहभागिता हुने कार्यक्रम संयोजक काब्याश्री प्रधानले ग्लोबल खबरलाई बताउनुभयो ।

कार्यक्रममा विभिन्न संस्थाहरु र स्टलहरु रहनेछन् जस अन्तर्गत खाद्य पदार्थ, पेय पदार्थको स्टलहरुको प्रदर्शन गरिनेछ । कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुतिका साथै विभिन्न खेलकुद कार्यक्रम पनि रहेनछ ।

विद्यार्थीहरुलाई भविष्यको लागी उचित योजना बनाउन सिकाउने उदेश्यले आयोजित यस कार्यक्रमले शैक्षिक, प्रयोगात्मक स्वास्थ्य र रोजगारी , HR व्यवस्थापन सम्बन्धि सल्लाह दिनेछ ।

कार्यक्रमले व्यवस्थापन सम्बन्धि सिप र दक्षता अभिवृद्धि गराउनुका साथै विभिन्न उमेर , वर्गका मान्छेलाई एक साथ ल्याउनका साथै +2 दिएका विद्यार्थी , स्नातकका साथै अन्य तहमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई आफ्नो ज्ञान , सीपको वृद्धि गर्न तथा रोजगारीको स्थानको बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गर्ने कलेजका सह-प्राचार्य गणेश बुढाथोकीले बताउनुभयो ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्ररल कलेजले बिबिए,  बिएचम र बिएचसिएम अध्यापन गराउँदै आइरहेको छ । शैक्षिक गुणस्तर सँगै विद्यार्थीहरुलाइ सफल नागरिक बनाउनका लागि ब्यबहारिक ज्ञान र असल संस्कार पनि प्रदान गरिरहेकोले सेन्ट्ररल कलेज विद्यार्थीहरुको पहिलो रोजाइ बनेको कलेजका प्रबन्धक निर्देशक तथा प्राचार्य पारस श्रेष्ठले बताउनुभयो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *