गायिका स्मिता दाहालको ‘मायालु तिमी कता छौ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौंं– गायिका स्मिता दाहालको नयाँ गीत ‘मायालु तिमी कता छौ’ को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा कार्टुन्ज क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ ।

गीतमा स्मितासँगै राजनराज शिवाकोटीले पनि स्वर दिएका छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । सेट लगाएर खिचिएको भिडियोमा वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाइएको छ । भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् ।

भिडियोमा गायिका स्मिता दाहालले पनि पानी रुज्दै नृत्य गरेकी छिन् । राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो सञ्जय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी भिडियोमा रहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *