पारिवारिक भ्रमण सकाएर स्वदेश फर्किए प्रचण्ड

काठमाडौं – पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष प्रचण्ड गएराति स्वदेश फर्किएका छन् । बिरामी पत्नी सीता दाहाललाई लिएर प्रचण्ड गत मंगलबार दुबई घुम्न गएका थिए ।

पुत्र प्रकाश दाहालको वियोगमा विचलित सीता जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् । सीताको मन बहलाउन प्रचण्ड बेला–बेलामा विभिन्न ठाउँमा घुम्न निस्किन्छन् ।

उनीहरुको दुबई भ्रमण पनि त्यसैको निरन्तरता भएको प्रचण्डको सचिवालयको भनाइ छ । प्रचण्डको प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल)ले सीताको स्वास्थ्य सामान्य रहेको बताए ।

दुबईबाट फर्किएका प्रचण्डलाई स्वागत गर्न ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *