बोनम्यारो पीडित सुरेश रोकाको उपचारका लागी ८ लाख सहयोग

काठमाडौ – रोल्पा जिल्ला परिवर्तन गाउँपालिका १ कुरेली बस्ने ओस बहादुर रोका र बिनि रोकाको १८ बर्षिय छोरा बोनम्यारो पीडित सुरेश रोकालाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

साउदी अरबमा कार्यरत सेर बहादुर रोका मगर को संयोजकत्वमा विभिन्न देशमा कार्यरत युबाहरु र केही रकम नेपालबाट संकलन गरि रु ८,७२,१०८ ( आठ लाख बहत्तर हजार एकसय आठ रुपैया) २०७६/ साउन ११ गते रोल्पाली ढाङढुङ सेवा समाज घोराहीको सहजीकरणमा एक कार्यक्रम गरि पीडितका आमा बिनि रोका र दाइ केशर रोकालाई समाजका अध्यक्ष श्री नारायण प्रसाद रोकाको प्रमुख उपस्थितिमा कुरेली समाज अन्तर्राष्ट्रिय सम्पर्क मंचका संरक्षक श्री कुम्भ बुढा मार्फत  हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रमको सन्चालन डम्बर बुढाले गरेका थिए ।

परिबर्तन गाउँपालिका सराबाङ निबासी सेर बहादुर रोका हाल साउदी अरबमा बिगत १६ बर्ष देखि रियादको एक कम्पनीमा कार्यरत छन उनले विभिन्न समस्यामा परेका नेपाली लाई सहयोग गर्दै आइरहेका छन । उनको टिमले चलाएको सुरेस रोका बचाऔ अभियानमा आर्थिक देखि सल्लाह सुझाब दिनु हुने सबैलाइ सेर बहादुर रोका र दाजु राजकुमार रोकाले एकमुष्ट धन्यवाद दिदै आफ्नो नेतृत्वको अभियान यहि मिति देखि बन्द गरिएको तर घोषणा बन्द भए पनि सहयोग गर्ने इच्छुक र प्रतिबद्धता गर्नु भएका सहयोगी दाताहरुले नेपाल बाट संचालित सुरेस रोका बचाऔ अभियानका अध्यक्ष दिपक रोका मगर र सचिब जुना पुन मार्फत सहयोग गर्न आह्वान गरेका छन् ।

सुरेश रोका बचाउ अभियान अन्तर्गत यसअघि उर्जा मन्त्री माननीय श्री बर्षमान पुनबाट रु एकलाख र सम्माननिय उपराष्टपति श्री नन्द बहादुर पुन पासाङले पनि सहयोग गर्ने  प्रतिबद्धता गर्नु भएको छ ।

हाम्रो सानो सहयोगले कसैको ज्यान बच्न सक्छ त्यसैले पीडित सुरेश रोकालाई सहयोग गरि नया जीवन दिन चाहानु हुने सहयोगी मनका धनीहरुको लागि ग्लोबल आईएमई बैंक अनामनगर काठमाडौं मा रहेको खाता नम्बर ३९०७०१०००६१६३ मा सहयोग जम्मा गरिदिनु हुन सुरेश रोका बचाउ अभियान समितिले अनुरोध गरेको छ ।

सहयोगका साथै अन्य जानकारीको  लागि सम्पर्क –
अध्यक्ष :दिपक रोका मगर -९८६८२८२३८९
सचिव :जुना मगर -९८४३५५००९४
कोषाअध्यक्ष :अमर बहादुर बुदा मगर -९८०८६४९२८४ मा सम्पर्क गर्न सक्नु हुने छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *