कुवेतमाथि नेपालको सानदार जित, विश्वकपको ग्लोबल छनोट नजिक

काठमाडौं – सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ। शनिबार बिहान भएको खेलमा नेपालले  कुवेतमाथि ७ विकेटको जित निकालेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा विकेट ३ गुमाएर पूरा गर्‍यो । यस जितसँगै नेपाल टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर नजिक पुगेको छ ।

नेपालको जितका लागि कप्तान पारस खड्काले उत्कृष्ट इनिङ खेले । खडकाले १  छक्का र ११ चौकासहित ४२ बलमा ६८ रन बनाए । त्यसैगरी शदर भेषवाकरले ३८ रन र ज्ञानेन्द्र मल्लले १९ रनको योगदान गरे । रोहितकुमार पौडेलले ६  रन जोडे भने दीपेन्द्रसिंह ऐरी १ रन बनाएर आउट भए । कुवेतका लागि मोहमद काषिफले मात्रै नेपालको ३ विकेट लिए ।

नेपालले टस जितेर बलिङ रोजे पहिले ब्याटिङ गरेको  कुवेतले  कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका लागि  कप्तान मोहमद काषिफले सर्वाधिक ४९ रन बनाए । त्यसैगरी आदनन् इन्द्रेसले २५  र मोहमद अस्लामले २३ रन बनाए। ९औं विकेट गुमेपछि कुवेतले १० बलमा २९ रन जोड्न सफल भएको थियो । कप्तान काषिफले ३६ बलमा ४ छक्का र २ चौका गरी ४९ रन बनाए थिए।

जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाललाई टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनका लागि आइतबार हुने खेलमा सिंगापुरमाथि जित हात पार्नुपर्ने छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *