उपराष्ट्रपति नन्द बहादुर पुनद्वारा बोन म्यारो पीडित सुरेशको उपचारमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौ – बोन म्यारो बाट पीडित सुरेश रोका मगरको को उपचारका लागि सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुनले सहयोगको प्रतिबद्धता जनाउनु भएको छ । आज सम्माननिय उपराष्ट्रपति ज्युको कार्यकक्षमा सुरेश रोका बचाउ सहयोग समितीसँग को भेटमा पीडित किशोरको उपचारमा सक्दो सहयोग गर्ने बताउनु भएको हो ।

रोल्पा जिल्ला परिवर्तन गाउपालिका १ कुरेली बस्ने १८ बर्षिय सुरेश रोका मगर लामो समय देखि उपचारार्थ र आर्थिक अवस्था कमजोर भएकोले सुरेश रोका मगर बचाउ अभियान समितिले आर्थिक सहयोग संकलन अभियान चलाइरहेको छ।

पीडित रोकाको आर्थिक अबस्था निकै कमजोर भएकाले सहयोग समितिले सहयोगी मनहरुमा सहयोगको लागि अनुरोध गरेको छ । बिदेश स्थित संयोजकहरुलाई सहयोगको अभियान थप प्रभाबकारी बनाइ उपचारमा बिलम्ब नहुने गरि प्रभावकारी काम गर्न आग्रह गरेको छ ।

बोन म्यारो पीडित रोकाको माइला दाइ केसर रोका बोनम्यारो ट्रान्स्प्राल्न्टको क्रस म्याच स्टिम सेल परिक्षणका लागि साउदी बाट नेपाल आएका छ्न ।

निरन्तर उपचारको प्रक्रिया चलिरहेकोले आर्थिक अभाब रहेको सुरेश रोका बचाउ अभियान सहयोग समितिका अध्यक्ष दिपक रोका मगरले ग्लोबल खबरलाई बतएका छ्न ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *