डाक्टर गाेविन्द केसी औषधि बाेकेर बाढी प्रभावित क्षेत्रमा

रौतहट – डाक्टर गाेविन्द केसी औषधि बाेकेर बाढी प्रभावित जिल्ला राैतहट पुग्नु भएकाे छ ।

बाढी प्रभावित इशनाथ नगरपालिकाको बन्जरहामा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले बाढी पीडित नागरिककाे स्वास्थ्य परीक्षण गर्नु भएकाे छ ।

बाढीको डुबानमा रहेकाे इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै शुक्रबार बिहान रौतहट सदरमुकाम गौर आइपुग्नु भएका डाक्टर केसीले बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा गएर त्यहाँ आउने बिरामीकाे स्वास्थ्य परीक्षण गर्नु भएकाे हाे ।

उहाँले बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडापखाला, भाइरल ज्वरो, छाला रोग,  आउँलगायतका बिरामीहरुको स्वास्थ्य परीक्षण गरेर नि:शुल्क रुपमा औषधि वितरण गर्नु भएकाे छ ।

स्थानीय स्वास्थ्यकर्मीहरुको सहायतामा बन्जरहाका बिरामीहरु डा. केसीसँग स्वास्थ्य परीक्षण गराए । बाढी आएको आठ दिनसम्म पनि जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट स्वास्थ्य परीक्षणसम्बन्धी कुनै क्याम्प सञ्चालन नगरेको अवस्थामा डा. केसी आएर परीक्षण सुरु गर्दा बिरामीको चाप बढको इशनाथ कार्यपालिका सदस्य तथा बन्जरहा निवासी ग्रिषनन्दन सिंहले बताउनुभयाे ।

बाढीको मार खेपिरहेका रौतहटका नागरिकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले आफू आएको डाक्टर केसीले बताउनुभयाे ।  उहाँले भन्नुभयाे, ‘आफ्नै देशका जनता पीडामा रहँदा आफू पीडा सहेर बस्न सक्दिनँ । हरेक नेपालीको सुख दु:खमा म सदैव साथमा रहने छु ।’

आफू हाडजोर्नी विशेषज्ञ भए पनि जतिसक्दो सेवा सुविधा दिएर नागरिकलाई कष्टबाट निवारण गर्ने आफनो पहिलो कर्तव्य रहेको स्पष्ट पार्नुभयाे । उहाँले थप्नुभयाे, ‘मेरो अन्तिम सास चलेसम्म नेपाली जनताहरुको कष्ट निवारण गर्ने अभियानलाई निरन्तर रुपमा जारी राख्छु ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *