धिताल चिरिच्याँट्टको सुनमा सुति फलाम चोर्ने देश सार्वजनिक

काठमाडौ – रँगकर्मी तथा कलाकार कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट)ले आफनो तेस्रो गितको म्युजिक भिडीयो सुनमा सुति फलाम चोर्ने देश चिरिच्याँट्ट इन्टरटेन्मेन्ट नेपाल युटुबबाट सार्बजनिक गरेका छन् ।

विगत एक दशकदेखि हाँस्यब्यङग्य तथा नाटकमा सक्रिय धितालले राजनैतिक ब्यबस्था फेरिएपनि जनताको जिबनस्तर नफेरिएको , देशमा सम्भाबना हुँदाहुँदै पनि युवापुस्ता बिदेश भौतारिनु परेको अबस्थालाई गितमा चित्रण गरेका छन् । कलाकार धितालले देश माफियाले चलाएका, भ्रष्टचार मौलाएको र यसको अन्त्य गर्ने र देशलाई सिस्टममा लाने देशप्रेमी निरंकुशताको आबश्यकता भएकै हो कि भन्ने आशंका गित मार्फत व्यक्त गरेका छन् । देशमा बहुमतको सरकार हुदा समेत बिकास भन्दा पनि जोक मात्र सुन्नु परेको प्रति उनले तिखो ब्यङग्य प्रहार गरेका छन।

कृष्ण प्रसाद धितालको शब्द तथा स्वरमा रहेको गितमा बाबुल गिरिले संगीत भरेका छन् भने भिडियोलाइ मरुभूमि नारायणले खिचेका छन् । होम धितालको निर्देशन रहेको भिडियोमा धिताल चिरिच्याँट्ट र नवीन काफ्लेको सशक्त अभिनय देख्न सकिन्छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *