मध्य असारमा कार्यालय नै रित्तो पारेर कृषि भ्रमणमा गाउँपालिकाका कर्मचारी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका कर्मचारी मध्य असारमा कार्यालय नै रित्तो पारेर कृषि भ्रमणमा हिँडेका छन् ।

गाउपालिका किसानहरू खेतीपातीमा ब्यस्त भइरहेका बेला गाउँपालिका टोलि कृषि भ्रमण को नाममा कार्यलय नै रित्तो हुनेगरी पुर्व इलाम तिर लागेका हुन् ।

भ्रमण टोलिमा अधिकांश गाउँपालिकामा कार्यरत कर्मचारीहरु रहेका छन । पालिकाका कार्यकारी अधिकृत ढाकाराम अर्याल, शिक्षक, प्राबिधिक लगायत अन्य कर्मचारीहरु समेत रहेका छन।

किसानको लागि भनेर गरेको भ्रमणमा किसान नै नहुनु दु:खद भएको स्थानीयहरु बताउँछन् । वास्तविक किसानहरू खेतीपातीमा ब्यस्त भइरहेको बेला किसानको नाममा कृषि भ्रमणमा गाउँपालिका का कर्मचारी र शिक्षकहरु जानु लाजमर्दो भएको उनिहरुले बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

1 thought on “मध्य असारमा कार्यालय नै रित्तो पारेर कृषि भ्रमणमा गाउँपालिकाका कर्मचारी

  1. १८ जना किसानहरु हुनुहुन्छ !!! अावश्यक कर्मचारीहरु मात्र अाएका छाैँ ! गाउपालीकामा कुनै पनि काममा प्रभाव परेकाे छैन !! चिया खेती गर्न ईच्छुक किसानहरुलाई हामीले लिएर अाएका छाैँ र चिया खेतीकाे उपयुक्त समय असार भएकाेले असामा अाउनु परेकाे हाे !!! किसानहरु सबै जुगलकै हुनुहुन्छ !! अन्यथा नसाेचिदिनु हाेला ! धन्यवाद !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *