नेपालका आयुष र प्रितम ‘सारेगमपा लिटल च्याम्प्स’ को फाइनलमा

काठमाडौं – भारतीय टेलिभिजन जी टिभीको बाल गायन रियालिटी शो ‘सारेगमपा लिटल च्याम्प्स’ को २०१९ संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य फाइनल (उत्कृष्ठ छ जना)मा पर्न सफल भएका छन् । उत्कृष्ठ नौ जनाका अन्य सहभागीलाई उछिन्दै…

च्याम्पियन्स लिग जितेर इंग्ल्याण्ड फर्किएको लिभरपुललाई लाखौं समर्थकको स्वागत

काठमाण्डाै – च्याम्पियन्स लिगको उपाधि जितेर इंग्ल्याण्ड फर्किएको लिभरपुललाई लाखौंको संख्यामा रहेका समर्थकले स्वागत गरेका छन् । सन् २००५ पछि पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि जितेको लिभरपुलको ट्रफी परेडमा साढे सात लाख समर्थकको उपस्थिती रहेको थियो । समर्थकहरु लिभरपुलको जर्सी,…

रिमासँग रोमान्स गर्दै भुवन केसी

काठमाडौं– देवचुली फिल्मस्को ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ बन्ने भएको छ । सोमबार कमदानीस्थित गणेश मन्दिरमा फिल्मको शुभसाइत गरिएको छ । आजैबाट छायाँकन थालिएको फिल्म देवनारायण भुषालले निर्देशन गर्न लागेको हुन् । यसको लेखन समेत उनले गरेका छन् । नवलपरासीमा छायाँकन…

प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि नौं दिन लामो युरोप भ्रमणमा जाने

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि नौं दिन लामो युरोप भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको युरोपियन मुलुकहरु स्विजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणबारे औपचारिक जानकारी गराएको हो । प्रधानमन्त्री ओलीले…

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

काठमाडौ – प्रिमियर लिग प्रतिस्पर्धी टोटनह्यामलाई २–० गोलले हराउँदै लिभरपुलले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । सन् २००५ यता लिभरपुलको यो पहिलो ठूलो उपाधि हो । स्पेनको मड्रिडस्थित स्टाडियो वाण्डा मेट्रोपोलिटानो रंगशालामा भएको फाइनलमा खेल सुरु भएको दोस्रो…

विश्वकप क्रिकेट : अष्ट्रेलियाको विजयी सुरुवात

काठमाडौं – विश्वकप क्रिकेटमा विश्वविजेता टिम अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो । इंग्ल्याण्डको ब्रिस्टोलस्थित काउन्टी मैदानमा भएको खेलमा अफगानिस्तानलाई अष्ट्रेलियाले सहजरुपमा पराजित गरेको हो । २०८ रनको चुनौती…

अष्ट्रियाको ८ दिने भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति पुन

काठमाडौ – उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको ८ दिने भ्रमण सम्पन्न गरि अपरान्ह स्वदेश फर्किएका छन् । उपराष्ट्रपति पुन अष्ट्रियाको भियनामा आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते गएका थिए । उपराष्ट्रपति पुनले भियनामा रहँदा…

अमेरिकाको भर्जिनियामा गोली चल्दा ११ जनाको मृत्यु

काठमाडौं – अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । एक प्रहरीसहित ६ जना घाइते भएका छन् । यो घटना एक सरकारी कार्यालयमा भएको हो । भर्जिनिया बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा…

अष्ट्रियाको भ्रमण सकेर स्वदेश फर्किंदै उपराष्ट्रपति पुन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भ्रमण सकेर शनिबार दिउँसो नेपाल आउँदैछन् । स्थानीय समय अनुसार शुक्रबार राति १०:५५ को कतार एयरको उडानबाट भियनाबाट दोहा प्रस्थान गरेका उपराष्ट्रपनि पुन शनिबार दिउँसो ३:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उडान तालिका…