च्याम्पियन्स लिग जितेर इंग्ल्याण्ड फर्किएको लिभरपुललाई लाखौं समर्थकको स्वागत

काठमाण्डाै – च्याम्पियन्स लिगको उपाधि जितेर इंग्ल्याण्ड फर्किएको लिभरपुललाई लाखौंको संख्यामा रहेका समर्थकले स्वागत गरेका छन् ।

सन् २००५ पछि पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि जितेको लिभरपुलको ट्रफी परेडमा साढे सात लाख समर्थकको उपस्थिती रहेको थियो ।

समर्थकहरु लिभरपुलको जर्सी, झण्डा र स्काफ लिएर ट्रफी परेडमा उपस्थित थिए । मड्रिडमा भएको फाइनलमा जर्जेन क्लोपको टिमले टोटनह्यामलाई २–० ले हराउँदै छैटौं पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

प्रशिक्षक क्लोप आएपछि लिभरपुल टिम संगठीत भएको छ ।

उसले प्रिमियर लिगमा ९७ अंक बनाएपनि म्यान्चेष्टर सिटीसँग एक अंकले पछि पर्दै उपविजेतामा सिमित बनेको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *