हिलो खेलेर रमाउँदै विदेशी पर्यटक

पोखरा – खासमा असार १५ पोख्रेलीका लागि धान दिवश मात्र होइन् । पछिल्लो समय पर्यटक भित्र्याउने मेसो पनि बनेको छ । यो भनाई कसैले दाबी गरेर भनेका होइनन् । पोखरा पर्यटन परिषद्ले असार १५ को छेको पारेर पोखरा–१५ महतगौंडामा आयोजना गरेको रोपाई महोत्सवमा देखिएको दृश्यले पुष्टि गर्छ ।

पर्यटनको लागि अफ सिजन मानिने बर्खायाममा पनि पर्यटकको बाक्लै उपस्थितिले रोपाई महोत्सवकोे पर्यटकको लागि कत्तिको महत्व छ भन्ने झल्काउँथ्यो । पोखरा पर्यटन परिषद्ले आयोजना गरेको १६ औं रोपाईं महोत्सवको मज्जा पर्यटकहरुले मज्जैले लिए । उनीहरुले एकाआपसमा हिलो मात्र छ्यापेनन् । सद्भाव पनि बाँडे । रोपारेहरुको सिको गर्दै धान पनि रोपे । जानि नजानि असारे भाका पनि गाए । तछाड्मछाड् गर्दै एकाआपसमा हिलो छ्याप्दै । गलामा धानकै माला, निधारमा माटोको टिका लगाएर पञ्चे बाजाको धुनमा मज्जैले नाँचे ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *