नेकपा निकट आदिवासी जनजाती मोर्चाद्वारा सातदोबाटोमा वृक्षारोपण

काठमाडौ – नेकपा निकट आदिवासी जनजाती मोर्चाले पार्टीको केन्द्रिय बृक्षरोपण कार्यक्रम अन्तर्गत ललितपुर स्थित सातदोबाटोमा वृक्षारोपण गरेको छ ।

कार्यक्रममा पुर्ब माओबादीका पोलिट्ब्युरो सदस्य तथा नेकपा १ नम्बर प्रदेश सद्स्य मुकेश लिम्बू सहित थुप्रै नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित थियो।

आजै राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षारोपणको शुभारम्भ गर्नुभएको थियो ।

चालु आर्थिक वर्ष २०७५-७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडक खण्डमा ठाउँ ठाउँमा १० प्रकारका दुई हजार सात सय बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालु आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *