विश्वकप क्रिकेट : आयोजक इङ्ल्यान्डमाथि पाकिस्तानको सानदार जित

काठमाडौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डमाथि सानदार जित हात पारेको छ । नटिङघममा सोमबार राति भएको खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई १४ रनले हरायो ।

पाकिस्तानले दिएको तीन सय ४९ रनको फराकिलो लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा तीन सय ३४ रन मात्र बनाउन सकेको थियो ।

इङ्ल्यान्डका जोय रुट र जोस बटलरले सतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । रुटले १०७ रन बनाए । बटलरले १०३ रन बनाएका थिए । जोनी ब्रैस्टोले ३३ ,क्रिस वोक्सले २१ र मोइन अलीले १९ रन बनाए । पाकिस्तानका वाहब रियाजले तीन विकेट लिए । मोहमद आमिर र शादब खानले दुई दुई विकेट लिए  । मोहम्मद हफिज र सोयब मालिकले एक एक विकेभ झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ४८ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद हाफिज, बाबर आजम र सर्फ्राज अहमेदले अर्धसतकीय इनिङ्स खेले । हाफिजले ८४, आजमले ६३ र कप्तान अहमेदले ५५ रन बनाएका थिए । इमाम उल हकले ४४ र फकर जमानले ३६ रन बनाए । इङ्ल्यान्डका क्रिस वोक्स र मोइन अलीले तीन तीन विकेट लिए । मार्क वुडले दुई विकेट लिएका थिए । पाकिस्तान पहिलो खेलका वेस्ट इन्डिजसँग पराजित भएको थियो । इङ्ल्यान्डले पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *