ढुंगेधारा संरक्षण गरौं : खानेपानीमन्त्री मगर

काठमाडौं – काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले काठमाडौं उपत्यकाभित्रका पुराना ढुङगेधारा तथा पोखरीहरुको लगत(नक्साङकन सम्बन्धि तयर गरेको पुस्तक सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका भित्र रहेका पोखरी र ढुंगेधाराको संरक्षण र सम्बर्द्ध गर्ने योजनासहित बोर्डले तयार गरेको पुस्तक शुक्रबार लैनचौर बैंक्वेटमा सार्वजनिक भएको हो ।

सो पुस्तक सार्वजनिक गर्दै बोर्डका कार्यकारी निर्देशक डा.सन्जीवविक्रम राणाले ढुँगेधारा संरक्षणका लागि बोर्ड सक्रिय रहेको बताए ।

ढुँगेधाराको अवस्था के छ ?

काठमाडौं उपत्यका भित्रका १० वटा नगरपालिका क्षेत्र भित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको स्थलगत रूपमा अध्ययन तथा अनुसन्धान गरि सो को विस्तृत लगत संकलन गरि पुस्तक तयार गरिएको छ ।
जसमा उपत्यका भित्र रहेका २ सय ३३ पोखरीहरु मध्ये स्थलगत रूपमा भेटिएका पोखरीको संख्या १ सय ९३ रहेको पुस्तकमा उल्लेख छ । त्यस्तै ४० वटा पोखरीहरु लोप भएका छन् ।

यसैगरी उपत्यकाभित्र अध्ययनका क्रममा ५ सय ७३ ढुंगेधाराहरु संकलित गरिएकोमा स्थलगत रूपमा भेटिएका ढुंगेधाराहरुको संख्या ४ सय ७९ वटा, मासिएको ढुंगेधाराको संख्या ५२ वटा र पत्ता नलागेको ढुंगेधाराको संख्या ४२ वटा रहेका छन् ।
१० वटा नगरपालिका क्षेत्र भित्र रहेका ४ सय ७९ ढुंगेधारा मध्ये अध्ययनको क्रममा १ सय ७१ वटा ढुंगेधारामा मात्र पानी बगेको पाइएको अध्ययनले देखाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *