मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन भारत प्रस्थान गरेका छन्।

मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएसँगै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्।बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य छन्।

प्रधानमन्त्रीलाई बिदाई गर्न रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत उपस्थित थिए।

मोदीले बिहिबार आफ्नो दोस्रो कार्यकालको सपथ लिने कार्यक्रम छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *