धादिङ केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प

काठमाडौं – शुक्रबार दिउँसो धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेटमा ५ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पको धक्का धादिङ, काठमाडौं र ललितपुरका केही क्षेत्रमा महसुस भएको छ। शुक्रबारको भूकम्प २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *