नेकपाको जवस भागबन्डा : पुर्व-माओवादीलाई युवा, पुर्व-एमालेलाई विद्यार्थी

काठमाडौँ– नेकपाको सचिवालय बैठकले अधिकांश जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । बिहिबार वालुवाटारमा बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठनमध्ये धेरैजसोको भागबन्डा टुङ्ग्याएको हो ।  स्रोतका अनुसार विद्यार्थीका संयोजकमा ऐन महर र र सहसंयोजकमा रञ्जित तामाङ वा तामाङले नमाने सुरेन्द्र बस्नेत रहने गरी मोटामोटी सहमति जुटेको छ । महर तत्कालीन एमाले निकट विद्यार्थी संगठनका र तामाङ तत्कालीन माओवादी निकट विद्यार्थी संगठनका नेता हुन् ।

यसबाहेक यूवामा रामप्रसाद सापकोटा संयोजक र सहसंयोजक रमेश पौडेल र पौडेलले नमाने  किरणलाई राख्ने सहमति जुटेको स्रोतको दावी छ । सापकोटा तत्कालीन माओवादीका र पौडेल तत्कालीन एमाले निकट यूवा संगठनका नेता हुन् ।

यसबाहेक महिलामा सांयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलको नाममा सहमति बनेको छ । थापा तत्कालीन माओवादी निकट महिला र पौडेल तत्कालीन एमाले निकट महिला संगठनकी नेतृ हुन् ।  यसबाहेक मजदुर विनोदमा श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति छ । श्रेष्ठ तत्कालीन एमाले निकट र सिम्खडा तत्कालीन माओवादी निकट मजदुर संगठनका नेता हुन् ।

यसबाहेक प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ । दाहाल तत्कालीन माओवादी र बस्नेत तत्कालीन माओवादी निकट संगठन मिडिया संगठनका नेता हुन् ।

त्यसैगरी बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक रहने सहमति बनेको स्रोतको भनाई छ । देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादी निकट बुद्धिजिवी संगठनका नेता हुन् ।

जनबर्गीय संगठनका सवै नाम टुंग्याएर भोलि पार्टी एकताको एक बर्षको अवसरमा आयोेजित कार्यक्रममा घोषणा गर्ने तयारी रहेको स्रोतको भनाई छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *