राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं – चीन भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल फर्किएकी छिन् । उनी बुधबार बिहान  साँढे १० बजे नेपाल अवतरण भएकी हुन्। ९ दिने राजकीय भ्रमणका लागि गत बुधबार चीन प्रस्थान गरेकी थिइन्।  राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण तालिका छोट्याएर एकदिनअगावै स्वदेश फर्किएकी हुन् ।

भ्रमणको पहिलो दिन नेपालबाट सान्सी प्रान्तको राजधानी सियानमा गएकी  राष्ट्रपति भण्डारी बिहीबार राजधानी बेइजिङ पुगेकी थिइन् । बिहीबार बेलुका उनी सीले बीआरआईमा सहभागी हुन पुगेका राष्ट्र प्रमुखहरुको सम्मानमा आयोजना गरेको रात्रीभोजमा सरिक भइन्।

बेइजिङमा बिहीबारदेखि शनिबारसम्म चलेको  बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएकी उनले शुक्रबार (बीआरआई)  सम्मेलनमा सम्बोधन गरिन् । राष्ट्रपति भण्डारीले शुक्रबार उच्चस्तरीय सम्मेलन र शनिबार गोलमेच सम्मेलनमा सम्बोधन सम्बोधन गरेकी थिइन्।

आइतबार बिहान नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकमा सहभागी भई त्यस बैठकलाई उनले सम्बोधन गरिन । आइतबार बिहान दिउँसो बेइजिङका विभिन्न महत्वपूर्ण स्थानको अवलोकन भ्रमण गरेकी उनले सोमबार दिउँसो चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्वीपक्षीय भेटवार्ता गरिन भेटवार्तामा सात बुँदे सहमतिसमेत भयो । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइन् ।

उनी मंगलबार बेइजिङबाट ल्हासा आइपुगिन । मंगलबार भण्डारीसहितको टोलीले ल्हासास्थित नेपालको महावाणिज्य दूतावास भ्रमणसँगै ग¥यो । बुधबार उनी स्वदेश फर्किएकी हुन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *