यसकारण कार्यक्रम नै छाडेर हिँडे माधवकुमार नेपाल

काठमाडौं– नेकपाका ७७ जिल्ला नेतृत्वको सूची बाहिरिएपछि वरिष्ठ नेता माधव कुमार नेपाल पनि कार्यक्रमस्थलबाट बाहिरिएका छन् ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेपाल बाहिरिएका हुन् ।

कार्यक्रममै नेकपा नेता विष्णु पौडेलले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको लिस्ट उपलब्ध गराएका थिए । सोलगत्तै उनी बाहिरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

जिल्ला नेतृत्वको विषयमा नेता नेपालले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।

अहिले मन्चमा केपी ओली र प्रचण्डसहित नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेललगायतका नेताहरू  छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *