सोसिडामाथि बार्सिलोनाको जित

ऎजेन्सी – स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले अर्को जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेल बार्सिलोनाले २–१ ले जित्यो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको अन्तिम समयमा क्लेमेट लेङलेटले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले उसामान डेम्बेलेको कर्नर किकमा हेडिङ गोल गरेका थिए ।

तर, खेलको ६२औं मिनेटमा सोसिडाडका लागि जुआनमीले गोल गरेर खेल १–१ को बराबरी बनाए । तर, खेलको ६४औं मिनेटमा बार्सिलोनालाई जोर्डी अल्बाले गोल गरेर २–१ को अग्रता दिलाए । उनले कप्तान लिओनल मेस्सीको पासमा गोल गरेका थिए ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल बार्सिलोनाले २–१ ले जित्यो । अब यो जितपछि बार्सिलोनाले ३३ खेलबाट कूल ७७ अंक बनाएको छ । समान ३३ खेलपछि बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग ९ अंकको अग्रता कायमै राखेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *