अब मधेसी दलको दोकान बन्द हुन्छ : सिके राउत

काठमाडौ – सिके राउतले अब मधेसी दलको दोकान बन्द हुने बताएका छन् । शनिबार सिरहाको मिर्चेयामा जनमत पार्टीले आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै राउतले उक्त कुरा बताएका हुन् ।

सम्बोधनका क्रममा राउतले मधेस केन्द्रीत दलहरुलाई सामन्तवादी, जमिन्दार र ठेकेदारको संज्ञा दिए । कुनै पनि दलको नाम नलिएपनि उनले उनीहरुको ‘दोकान’ चाँडै बन्द हुने बताए ।

‘सिके राउत सरकारसँग झुकेर सहमति गरेको भनेर भ्रम फैलाउनेहरुको दोकान चाँडै बन्द हुन्छ’ उनले भने, ‘आफ्नो ठेकेदारी, सामन्तवादी बन्द हुने देखेर यस्तो भ्रम फैलाइरहेका छन् ।’

अघि भने, ‘उनीहरुले मधेसीको अधिकार चाहँदैनन्, किनभने मधेसीले अधिकार पाउँदा उनीहरुको सामन्ती प्रथा रहन सक्दैन ।’

राउतले मधेसमा फोहोरी राजनीति भइरहेको बताए । त्यही फोहोर हटाउन आफू राजनीतिमा आएको सुनाए । ‘मधेशमा एउटा पार्टीको आवश्यक्ता थियो’ उनले भने, ‘मेरो राजनीति बिरासत छैन । तर, राजनीतिको फोहोर हटाउनकै लागि राजनीति गर्छु ।’उनले राजनीतिबाट आफूहरुलाई सांसद र मन्त्री बन्ने इच्छा समेत नभएको बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *