यू–१९ विश्वकप छनोट सिंगापुरविरुद्ध नेपालको शानदार जित

काठमाडौं – यू–१९ विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध फराकिलो अन्तरको जित निकालेको छ । मलेसियामा जारी छनोट खेलमा नेपालले सिंगापुरमाथि २१७ रनको सानदार जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै २८२ रन बनाएको थियो । २८३ रनको लक्ष्य पाई जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरको यू–१९ टोलीले ३१  ओभरमा ६५ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

सिंगापुरलाई झिनो स्कोरमै समेट्ने क्रममा नेपालका लागि पवन सर्राफले घातक बलिङ गरे । ३ विकेट लिएका उनले ६ ओभर बलिङ गर्दा जम्मा ५ रन मात्रै दिए । पवनले ५ ओभर मेडन फाले । सिंगापुरका २ ब्याट्सम्यानले मात्रै दोहोरो अंकको स्कोर बनाउन सके ।

ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९५ रन बनाए । १०५ बलको सामना गर्दा उनले ७ चौका र एक छक्का प्रहार गरे । त्यसपछि रासिद खानले ४७ बलमा ४८, पवन सर्राफले ५३ बलमा ४७ रन बनाउँदा कमलसिंह ऐरीले १८ बलमा ३१ र भीम सार्कीले १९ बलमा २६ रनको योगदान गरे । नेपालले दोस्रो खेलमा शनिबार यूएईको सामना गर्नेछ ।

यो छनोट प्रतियोगिता एसियाली क्षेत्रको अन्तिम छनोट प्रतियोगिता हो, जसको विजेता टोली सीधै अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट हुने छ। छनोट प्रतियोगितामा नेपाल र सिंगापुरसहित आयोजक मलेसिया, कुवेत, ओमान र  यूएई सहभागी छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *