लोकसभाको पुर्वसन्ध्यामा छत्तिसगढमा माओवादी आक्रमण भाजपाका विधायकसहित पाँचको मृत्यु

काठमाडौं – भारतको छत्तिसगढमा माओवादी चरमपन्थी आक्रमणमा भारतीय जनता पार्टी (भाजपा)का एक विधायकसहित पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विधेयक भीमा मान्डवी, उनका ड्राइभर र तीन सुरक्षाकर्मी छन् ।

दन्तेवडा जिल्लाको श्यामगिरी पहाडमा पर्ने दन्तेवाडा सुकमा रोडको नकुलनार भन्ने स्थानमा आक्रमण भएको डीआईजी पी सुन्दरराजले जानकारी दिए ।

प्रहरीका अनुसार बन्दुकधारीले विधयकको टोलीमाथि आक्रमण गर्नुका साथै गाडीमा बम हानेको थियो । विस्फोटमा बुलेटप्रुफ गाडी क्षतविक्षत भएको छ ।

दन्तेवाडामा ११ अप्रिलमा पहिलो चरणको चुनाव हुँदैछ । यो आक्रमण चुनाव प्रचारको अन्तिम दिनमा भएको हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *