मिल्की वे इङलिस स्कुलको बार्षिक उत्सव भब्य रूपमा सम्पन्न

काठमाडौ – काठमाडौको कागेश्वरी मनहरामा रहेको मिल्की वे इङलिस स्कुलले आफ्नो बार्षिक उत्सव भब्य रूपमा सम्पन्न गरेको छ ।

जोरपाटी स्थित पिस ब्याङ्क्वेटमा भएको कार्यक्रम स्वास्थ समस्याको कारण प्रमुख अतिथि पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल उपस्थित हुन नसकेपछि विशिष्ट अतिथि प्याब्सन केन्द्रिय उपाध्यक्ष दिपिका रिमालले दिप प्रज्वलनन गरेर उद्घाटन गर्नुभएको थियोे भने बिद्यालयका अध्यक्ष कृष्ण गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्याब्सन महासचिव कुमार घिमिरे लगायत प्याब्सन केन्द्रिय नेतृत्व तथा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुको सहभागिता रहेकोे थियो । कार्यक्रममा सहभागी अतिथि लगायत सम्पुर्ण उपस्तिथित ब्यक्तिहरुलाइ बिद्यालयका प्रधानाध्यापक राजेश घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले गित, नृत्य साथै विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर समाजमा महत्त्वपूर्ण योगदान पुर्याउने ब्यक्ति तथा संघ संस्थाहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा जेपि प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहाल, शक्ति समुहकी अध्यक्ष चरिमाया तामाङ, गायक तथा सर्जक थानेश्वर गौतम, कान्छा अभियन्ता केपि खनाल, शिक्षाविद् दिपिका रिमाल, विगुटार फाउन्डेसन नेपाल लगायतलाई सम्मान गरिएको थियो । भने पुर्व प्राइमरी कक्षाका बालबालिकाहरुलाइ दिक्षित पनि गरिएको थियोे ।

मिल्की वे स्कुल उत्तरपुर्वी भेगमा उदाउँदो बिद्यालयको रूपमा रहेको छ ।

कार्यक्रमको केही तस्वीरहरु

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *