आईपीएल : सन्दीप लामिछानेको शानदार सुरुवात दोस्रो ओभरमै लिए विकेट

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्लीको तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गरेका छन्।

टस जितेर फिल्ड रोजेको दिल्लीको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले कसिलो बलिङ गरेका छन्। व्यक्तिगत पहिलो होभरमा एक रनमात्र दिएका सन्दीपले दोस्रो ओभरमा एक विकेट लिएका हुन्। सन्दीपले कोलकत्ताका ओपनर ब्याट्सम्यान
निखिल नाइकलाई आउट गरेका हुन्। सन्दीपले नाइकलाई बिएलडब्ल्यू धरापमा पारेका हुन्। सन्दीपले व्यक्तिगत दोस्रो ओभरमा एक विकेट लिएर ६ रन दिएका छन्।

शनिबारको दोस्रो खेलमा दिल्ली क्यापिटलले कोलकाता नाइट राइडर्सको सामना गरिरहेको छ। दिल्लीले यसअघिका दुई खेलमध्ये एक जित र अर्को हार ब्यहोरेको छ।

दिल्ली र कोलकाताको खेल फिरोज कोट्ला स्टेडियममा सुरु भएको छ।  सुरुवाती दुई खेलमा मौका नपाएका नेपाली स्पिनर सन्दीपले आज मौका पाएका हुन्।

आजको खेलमा दिल्लीको प्लेइङ ११ मा पृथ्वी साह, शिखर धवन, श्रीयस एैयर, रिसब पन्त, कोनिल इन्ग्राम, , हनुमान विहारी,  क्रिस मोरिस, सन्दीप लामिछाने, कागिसो रावण, हर्षल पटेल, अमित मिश्रा छन्।

पहिलो खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो। दोस्रो खेलमा भने दिल्ली चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा एक सय ४८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ४ विकेटको क्षतिमा एक सय ५० रन जोड्दै लक्ष्य भेट्टाएको थियो।

गतसाल सन्दीपले पछिल्ला ३ खेलमा मात्रै खेल्ने अवसर पाएका थिए।  सन् २००८ देखि सुरु भएको आईपीएलको यो १२ औं संस्करण हो। सन्दीप आईपीएलमा सहभागी पहिलो नेपाली क्रिकेटर हुन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *