भेनस अस्पतालको लापरबाहीले बिरामीको मृत्यु

काठमाडौ – बानेश्वरस्थित भेनस अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले बिरोध गरेका छन् ।रामेछापको ३३ बर्षिय सीता नेपालीको उपचारको क्रममा अस्पतालको लापरबाहीको कारण मृत्यु भएको हो ।

ज्वरो आएर बिरामी भएको नेपालीको अस्पताल भर्ना गरेको १८ औं दिनमा मृत्यु भएको आफन्तले बताएका छन् । बिरामीलाई ९ दिनसम्म आइसियुमा राखेर ठिक भएर जेनेरल वार्डमा सारेको तर एक्कासी बिरामीको मृत्यु भएपछि आफन्त आक्रोशित भएका छन् ।

मृतकका श्रीमान गोपाल नेपालीले न्याय नपाएसम्म बिरामीको लास कुनै हालतमा नउठाउने बताए तर घटनाको विषयमा अस्पताल प्रशासनसँग ग्लोबल खबरले बुझ्न खोज्दा अस्पतालका अपरेसन इन्चार्ज राजु श्रेष्ठले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु नभएको दाबी गरे ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *