भेनेजुयुला प्रकरणमा म त तयारीमा थिएँ, उताबाटै कुरा उठेन : प्रचण्ड

काडमाडौँ– पत्नी सीताको उपचारका लागि अमेरिका गएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक रुपमा पनि भ्रमण सफल भएको बताएका छन् ।  सीताको उपचार सकेर स्वदेश फर्केपछि विमानस्थलमा प्रचण्डले भ्रमणका बेला तिब्बत र उत्तर कोरियाको विषयमा अमेरिकी चासो देखिएपछि भेनुजेयला प्रकरणमा चाहिँ कुनै कुरा नभएको बताए ।

‘अमेरिकामा भएका भेटमा उहाँहरुले तिब्बतीयन मुद्दा उठाउनु भयो । त्यससँग जोडिएको विषयमा मानवअधिकारको पक्षमा कुरा उठेको थियो । यसबाहेक उहाँहरुले उत्तर कोरियासँग आफुहरुको केही चासो रहेको र त्यस्तो चासो नेपालले बुझे हुन्थ्यो भन्ने थियो ।’ प्रचण्डले भने, ‘पछिल्लो विषय पनि उठ्छ कि भन्ने लागेको थियो । खास गरेर भेनेजुयुला प्रकरण, उताबाट उठेन् । म तयारीमा त थिएँ । तर, कुरा नउठेपछि मैले पनि उठाइन ।’

अमेरिकामा रहँदा आफूले पूर्व राजदूत, एसिया हेर्ने मुख्यमन्त्रीसँग भेटघाट गरेको र दुवै भेटघाट फलदायी रहेको प्रचण्डको दावी थियो । यी भेटबाट आफूले अमेरिकाले नेपाललाई कुनै अफ्ट्यारोमा पार्ने मनासय नरहेको पाएको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले अमेरिकामा रहेका केही नेपालीमा नेपालको बारेमा नकरात्मकता फैलाउने प्रवृत्ति रहेको बताए । उनले भने, ‘केहि मान्छेहरु अमेरिकामा यस्ता पनि रहेछन्, नेपालका शीर्ष नेताहरु अमेरीका जाँदा उनीहरुले नकारात्मक टिप्पणी गर्दा रहेछन् ।’ अमेरिकामा रहेका केही नेपालीहरुमा नेपालबाट नेता, प्रधानमन्त्री राष्ट्रपति जाँदा नकारात्मक सन्देश फैलाउन उद्त रहेको भन्दै क्रमशः तिनीहरु कमजोर हुँदै गएको बताए ।

प्रचण्डले आफूबिरुद्ध अमेरिकाको मेरिल्याण्ड राज्यको एक अदालतमा उजुरी परे पनि कुनै अप्रिय घटना नभएको र आफू उक्त राज्यको संसद र सिनेटमै पुगेर त्यो भ्रम चिर्न सफल भएको दावी गरे ।
पार्टी एकताकाबारे प्रचण्डले आफ्नो अमेरिका बसाइले एकताको काम रोकिएको भन्दै अब केही समयमै टुंग्याउने बताए । प्रचण्डले पत्नी सीताको उपचार राम्रोसँग र अस्पताल प्रशासनले समेत निकै चासो दिएको पनि बताए ।

पत्नी सीताको उपचारका लागि प्रचण्ड चैत्र ३ गते अमेरिका गएका थिए । प्रचण्ड पत्नी सिता पार्किन्सन्स जस्तो एक प्रकारको जटिल रोगले पीडित रहेकी छिन् । अमेरिकास्थित जर्ज टाउन हस्पिटल र जोन हकिन्स अस्पतालमा सो रोगको उपचार गरिएको र उपचारपछि स्वास्थ्यमा सुधार आएको प्रचण्डले जानकारी दिए ।

 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *