राजनेता प्रचण्ड बारे भद्दा टिप्पणी गर्ने रबिलाई कारबाही हुनुपर्छ :रामचन्द्र अधिकारी

काठमाडाैँ– न्युज २४ टेलिभिजनको  सिधा कुरा जनता सँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने पुन बिवादमा तानिएका छ्न । रविको अभिव्यक्तिलाई लिएर कारबाहीको आवाज उठेको छ । पेशागत मुल्य बिपरित टिप्पणी गरेको  भन्दै अनेरास्ववियु (क्रान्तिकारी)का पुर्व वरिष्ठ उपाध्यक्ष रामचन्द्र अधिकारीले रबि माथी कारबाहीको माग गरेका हुन ।

अधिकारीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छ्न राजनेता ‘प्रचण्डको बारेमा भद्दा टिप्पणी गर्ने पेशागत मुल्य नै नभएको सामाजिक संस्कार नभएका बहुलठक्क पेटिबुर्जुवा पत्रकारिताको खोल ओढेका दरिद्र मनुष्यलाई के भन्नू र ? बिचरा आज बोल्न पनि प्रचण्डले ल्याएको गणतन्त्रले दिएको बिर्सेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *