अपहरणको नाटक गरी फिरौती माग्ने व्यापारी

काठमाडौं ­- धनगढीका एक व्यापारीले आफू अपहरणमा परेको भनी नाटक गरेको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको छ ।  सेती अञ्चल अस्पतालमा समेत कार्यरत रहेका जगतबहादुर सिंहले भारत पुगेर आफ्नै परिवारलाई अपहरणमा परेकाले १५ लाख रुपैयाँ फिरौती मागेका थिए ।

उनले धनगढीमै फेन्सी पसल समेत खोलेका छन् ।

परिवारले उनको नाममा रकम जम्मा गरेपछि प्रहरीलाई खबर गरेको थियो । अनुसन्धानमा खटिएको प्रहरीले भारतीय नम्बरको मोबाइल लोकेसनका आधारमा खोजी गरी पक्राउ गरेको थियो ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *