अस्ट्रेलियामा सडक दुर्घटनामा एक नेपाली विद्यार्थीको मृत्यु

अस्ट्रेलिया– काभ्रेपलाञ्चोकको बनेपा घर भई अध्ययनको सिलसिलामा अस्ट्रेशिलामा अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ । करिब ९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्नस्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् ।

काम सकेर राति करिब १ बजे घर फर्कदा सडक पार गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो जसबाट उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटना पश्चत गाडी चालकले नै प्रहरीलाई खबर गरेका थिए । उपचारकै क्रममा उनको मृत्यु गत मार्च ४ तारिखमा भएको थियो ।

निधन हुनुअघि उनले अङ्ग दान गर्ने निर्णय गरेकी थिइन् भने उनका आफन्तहरू ७ मार्चमा मेलबर्न आइपुगेपछि मात्र अस्पतालले यो खबर औपचारिक रूपमा जानकारी दिएको थियो ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिका अध्यक्ष तारा गैरेले दुर्घटनाको खबर पाएदेखि नै आफूहरू लगायत एनआरएनए र महावाणिज्य दूतावासका प्रतिनिधिहरू स्थानीय प्रशासन तथा अस्पतालको सम्पर्कमा रहेको बताए ।

उनले अघि भने, ‘सडकमा हिँड्दा, गाडी चलाउँदा या समुद्रमा पौडी खेल्दा आफूहरूले अपनाउनुपर्ने सुरक्षाका सम्बन्धमा चनाखो भई पूर्ण जानकारी लिनु र सावधानी अपनाउनु नै दुर्घटनाबाट बच्नु उत्तम उपाय हो । आफ्नो उज्वल भविष्य निर्माणमा विदेशिन बाध्य नेपालीले यसतर्फ चनाखो हुनु जरुरी छ । यो दुःखद घटनामा यहाँको समुदाय शोक सन्तप्त परिवारको साथमा रहनेछ र सक्दो सहयोग गर्नेछ ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *